२२ फाल्गुन २०८२, शुक्रबार
“मिस नेपालगन्ज २०१९” को उपाधि सन्ध्या शाह र लिटिल मिस भेरी २०१९ को बिजेता मान्या अग्रहरी
नेपालगन्ज बाँके, पुस १२
शनिबार नेपालगन्ज रनशालामा जेनेरेसनको आयोजनामा सौन्दर्य प्रतियोगिता “मिस नेपालगन्ज २०१९” को उपाधि सन्ध्या शाहले हात पारेकी छिन भने लिटिल मिस भेरी २०१९ को बिजेता मान्या अग्रहरी भएकी हुन ।

सम्पन्न ग्राण्ड फिनालेमा १२ जना प्रतिस्पर्धीलाई उछिन्दै सन्ध्या “मिस नेपालगन्ज २०१९” को विजेता बन्न सफल भएकी हुन। प्रतियोगिताको फस्ट रनरअप एकता बुढाथोकी बनिन भने सेकेन्ड रनरअप निशा श्रेष्ठ बनिकि हुन ।
फिनालेको निर्णायकमा पुर्व प्रधानसेनापति रुक्मांगत कटुवाल, नेपालगन्जका पहिलो प्रोफेसनल मोडेल अजय पोख्रेल, मिसेस नेपाल इन्टरनेसनल २०१९ को बिजेता भविशा कोइराला चटौत , रिबन इन्टरनेसनलको सिइओ निशु झा ,नेपालगन्जका स्थानिय तथा नेपालको पहिलो मुस्लिम मेल मोडेल राजा खान रहेका थिए।

Subscribe
Login
0 Comments



