१२ श्रावण २०८३, मंगलवार
राजधानी मार्चको तेस्रो दिन आज बिहान ११ बजे बालुवाटार मार्च
काठमाडौं – देशका ४८ जिल्लाबाट आएका सयौँ लघुवित्त तथा वित्तीय शोषणपीडितहरू काठमाडौं केन्द्रित आन्दोलनमा सहभागीभएका र पैदल मार्च गर्दै आफ्नो पूरा गराउने दबाव दिदै आएका हुन ।
सरकारले समयमै बस्ने ठाउँको व्यवस्था नगरेपछि पीडितहरूलाई हिजो राति करिब १ बजे नेपाल गुठी संस्थानको शाखा कार्यालय, राम मन्दिर थापाथलीमा ल्याइएको हो ।
आजदेखि पीडितहरूको बसाइँ यहीँ भएको छ भने कठिन अवस्था झेलिरहेका उनीहरूले तीन दिनपछि खाना खान पाएका छन्। आफ्ना न्यायपूर्ण माग पूरा गराउन जारी राजधानी मार्च अन्तर्गत तेस्रो दिन आज मंगलबार ११ बजे बालुवाटार मार्च गर्ने कार्यक्रम रहेको छ ।
सम्पूर्ण पीडित, अभियन्ता, नागरिक समाज, पत्रकार तथा न्यायप्रेमी नागरिकहरूलाई बालुवाटार मार्चमा सहभागी भई ऐक्यबद्धता जनाउन हार्दिक अपिल गर्दछौँ।

Subscribe
Login
0 Comments


