१२ मंसिर २०८३, शुक्रबार

मुस्लिम स्टेट’ बनाउने मुख्यमन्त्री राउतको दाउ,मधेश फेरि बल्ने भयो आगो

एसीपी संवाददाता

२८ श्रावण २०७८, बिहीबार १५:१० मा प्रकाशित

काठमाडौं । प्रदेश नम्बर २ मा माई शासनदेखि मुस्लिम स्टेट बनाउने सम्मका प्रयास भएका छन् ।

उपेन्द्र यादवको पकडमा रहेको सरकारमा मुस्लिम र यादव (माई शासन) छ । सरकारमा मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दी मुख्यमन्त्री छन् भने यादवहरु मन्त्रीमा बाहुल्यता छ ।

माई शासनको चर्चा भइरहेका बेला प्रदेश २ मा अर्को प्रयास भएको छ । मुख्यमन्त्री राउतले मदरसा शिक्षा विधेयक ल्याएर प्रदेशलाई मुस्लिम स्टेट बनाउन खोजेको देखिएको छ ।

अझ यसलाई प्रदेशका केही संगठनले त तालिवानी स्टेट बनाउन खोजेको भन्दै विरोध सुरु गरेका छन् । राष्ट्रिय एकता अभियानले मुख्यमन्त्री मोहम्मद लालबाबु राउतविरुद्ध यसै विषयलाई लिएर प्रदर्शन थालेको हो ।

पछिल्लो प्रदर्शन सिरहाको लहानमा भएको छ । अभियानका वरिष्ठ नेता काशीन्द्र यादव नेतृत्वको टोलीले मदरसा शिक्षा विधेयक फिर्ताको मागसहित मुख्यमन्त्री राउतविरुद्ध प्रदर्शन गरेको हो ।

लहान बजारबाट नयाँ घण्टाघर हुँदै निकालिएको र्यालीमा अभियानका कार्यकर्ताहरुले ‘मदरसा शिक्षा विधेयक फिर्ता गर’, ‘प्रदेशलाई तालिबान बनाउने मुख्यमन्त्री राजीनामा दे’, ‘सुरक्षा दिन नसक्ने मुख्यमन्त्री मुर्दावाद’ र ‘संघीय हिन्दू गणतन्त्र जिन्दावाद’ भन्दै मुख्यमन्त्री राउतविरुद्ध नाराबाजी गरेका थिए ।

विरोध कार्यक्रममा अभियानकी उपाध्यक्ष सुनीता साहले तत्काल राजीनामा दिनुपर्ने बताइन् । उनले भनिन्, ‘पछिल्लो समय मुख्यमन्त्री राउतले मदरसा शिक्षा विधेयक ल्याएर प्रदेशलाई तालिबान बनाउन खोजेका छन् ।’

त्यस्तै अभियानका सिरहा जिल्ला संयोजक हेमन्त सिंहले प्रदेश २ का मुख्यमन्त्री राउतले पाकिस्तानी प्रधानमन्त्री इमरान खानको एजेण्ट भएर नेपालमा काम गरिहेको आरोप लगाए ।

विरोध कार्यक्रममा अभियानका अभियन्ता नविन गुप्ता, मनोज पासवान,अबिनाश गुप्ता र मनोज मेस्तर लगायतको उपस्थित रहेको थियो। नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x