१२ मंसिर २०८३, शुक्रबार

म्यानमारको सैन्य कु; चिनियाँ सहयोग जारी

एसीपी संवाददाता

१२ बैशाख २०७८, आईतवार ०१:०० मा प्रकाशित

नेपीतउ । म्यानमारमा सेनाले अन्तराष्ट्रिय उडानहरुमा प्रतिबन्ध लगाएको बेला चीनबाट अज्ञात उडान भईरहेको छ ।

म्यानमारमा चीनबाट दर्ता नगरिएको उडानहरुबाट अज्ञात सामाग्री तथा पहिचान नखुलेका कर्मचारीहरु आईरहेको खुलेको हो । म्यानमारमा सैन्य कु पछि सेनाले अन्तराष्ट्रिय उडानहरु प्रतिबन्ध लगाएको बेला चीनबाट अज्ञात सामाग्रीहरु भित्रिरहेको खुलेको हो ।

चीन सरकार र म्यानमार वायुसेवाले भने विमान मार्फत समुद्री खाधवस्तु ल्याईएको बताएको छ । तर दर्ता नभएको उडानहरु मार्फत अज्ञात सामाग्री म्यानमारमा ल्याउनु शंकास्पद भएको अष्ट्रेलियास्थित प्रबुद्ध समुह अष्ट्रेलियन स्ट्राटेजिक पोलिसि ईन्स्टिच्युट (एएस्पीआई) ले बताएको छ ।

चीनबाट आउने अज्ञात विमानबाट म्यानमारका सेनालाई सहयोग गर्न चिनियाँ सेना तथा साईबर विज्ञहरु आएको वा म्यानमार सेनालाई हातहतियार भित्राएको हुन सक्ने आंकलन गरिएको छ ।

म्यानमारमा गत फेब्रुअरि १ मा सेनाले सरकारलाई शक्ताच्युत गरि एक बर्ष लामो आपतकालीन अबस्था घोषणा गर्दै सैन्य कु लागु गरेको छ । स्रोत जी फाईभ

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x