१२ मंसिर २०८३, शुक्रबार

युरोपबाट आयो करोडौं पैसा दलित द्वन्द बढाउने प्रयास

एसीपी संवाददाता

११ असार २०७८, शुक्रबार ०४:१३ मा प्रकाशित

काठमाडौं । एक टिभि च्यानलमा लोकदोहोरी कार्यक्रम चलाउने रुपा सुनार केही दिनयता जातीय मुद्दालाई लिएर चर्चामा आएकी छन् ।

काठमाडौंको बबरमहल स्थित घरधनी सरस्वती प्रधानले दलित भएकाले जातकै आधारमा कोठा नदिएको भन्दै सुनारलाई मुद्दा चलाइन् । तर, रुपामाथि जातिय विभेद भएको प्रमाण भने मिलेन र हिरासतमा पुगेकी घरधनी प्रधान तीन दिनमै रिहा भइन् ।

उसो त नेपालमा दलित भनिने समुदायभित्रै पनि तल्लो-उच्च जात भनेर विभेद छ । अर्कातिर नेपालमा अशिक्षित पुस्तामा तल्लो र उच्च जात भनेरै शिक्षा लिएका र जातको श्रेणीलाई स्वीकारेका मानिसहरुको बाहुल्यता अझैं बढी छ ।

तर, पछिल्लो समय शिक्षित पुस्तामा जातिय विभेद् हराउँदै गएको छ । यद्यपि, विश्वकै विकसित मुलुक अमेरिकामा समेत कालोजातिको बिषयालाई लिएर मुद्दा चलिरहेकै देखिन्छन् । नेपालमा भने जातीय मुद्दा अशिक्षित र पूरानो पुस्ताबाट भएका त्रुटिहरुको बिषयलाई लिएर समाजमा भाँडभैलो मच्चाउने तत्वहरुको बिगबिगी बढेको छ ।

यता, नेपालमा जातीय द्वन्द्व भड्काउन कयौं विदेशी संघसंस्थाहरुले करोडौं रुपैयाँ दिएको खुलासा भएको छ । ४ जात ३६ वर्णको फुलबारी भनेर सजिएको देश विस्तारै शिक्षित हुँदै विभेदबाट माथि उठेर अघि बढ्न खोजिरहेका बेला कथित तल्लो जात भनाउँदा समुदायकै मानिसहरुले विदेशी डलर गोजीमा हालेर देशमा जातिय द्धन्द्ध भड्काउन खोजेको पाइएको हो ।

पछिल्लो समय युरोपेली युनियन (ईयु) ले चोर बाटोबाट नेपालका जातिय विभेदको विरुद्धमा अभियान्ताहरुलाई डलरमा भुक्तानी पैसा दिएर जातिय द्धन्द्ध सुरु गराउन खोजेको देखिएको हो ।

स्रोतका अनुसार चर्चामा आएकी रुपा सुनारलाई समेत ईयले यसै मुद्दाका लागि झण्डै डेढ करोड रुपैयाँ दिएको छ । सो पैसा ईयु निकट संस्थाले सुनारले दिएको स्रोतको दावी छ ।

शिक्षित हुँदै र मानसिक विकास हुँदै अघि जातभात बिर्सेर नेपाल आफै अघि रहेका बेला यस्ता भड्कावपूर्ण हर्कतले जातिय विभेदलाई झनै सक्रिय बनाउने सरोकारवालाहरु बताउँछन् ।

तर, पैंसाको पछि लागेर देशमा जातीय द्वन्द्व भड्काएर देशलाई अशान्त बनाउन लागि परेका यस्ता तत्वहरुलाई बिर्सेर समानताको बाटोमा हिड्न जरुरी रहेको देखिएको छ । नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x