युवा मंच द्वारा खाद्यान्न सामाग्री वितरण
श्याम कुमार साहु – नेपालगन्ज उमहानगरपालिकामा आज कसौधन वैश्य समाज युवा मंच द्वारा खाद्यान्न सामाग्री वितरण गरेको छ । गरिब असहायहरुका लागि केही राहत हुने आशाका साथ खाद्यान्न सामाग्री वितरण गरेको हो । खाद्यान्न सामाग्री वितरण कार्यक्रममा
बाकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल ,
एसपी ओम बहादुर राना सहितको उपस्थिति रहेको थियोे ।

मुल समितिका अध्यक्ष नन्द लाल बैश्य
युवा मंचका अध्यक्ष आदित्य वैश्य
उपाध्यक्ष निखिल वैश्य लगायत सम्पूर्ण युवा मंचको उपस्थिति थियो ।
१०१ पोका चावल ५ दाल १ तेल १/२ नुन १ प्याकेट बिस्कुट ५ प्याकेट आठ २ आलु २ चीनी १/२ चिया पत्ती १ प्याकेट गरि समान प्रदान गरिएको ।
कसौधन वैश्य समाजको युवा मञ्चले राहत बितरण कार्यक्रम गरेको हो ।
उक्त कार्यक्रम किन्नुराम धर्मशालाका अध्यक्ष घनश्याम वैश्यका आउने दिनहरुमा थप सहयोग गर्ने प्रयास जाती रहने बताएका हुन ।


