४ श्रावण २०८१, शुक्रबार

रानीतलावको पर्यटकीय पुर्वाधार निर्माण बारे अनुगमन

एसीपी संवाददाता

२० असार २०८१, बुधबार २१:५७ मा प्रकाशित

रिसब सिंह वाडिया , नेपालगन्ज – बाँके जिल्लाको नेपालगनजमा रहेको रानीतलाव निर्माण उपभोक्ता समिति नेपालगंज – ८ द्वारा संचालित रानीतलाव को पर्यटकीय पूर्वधार निर्माण बारे अनुगमन गरेका छ्न ।  लुम्बिनी प्रदेश सरकार पर्यटन मन्त्रालयले निर्माण कार्य योजनाका अनुगमन गर्न अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति माननीय राजु प्रसाद श्रेष्ठ , सदस्य माननीय तुल्सी राम शर्मा , सदस्य माननीय खेम बहादुर सारु , सदस्य माननीय सीता शर्मा , सदस्य माननीय सायरा बानो , लुम्बिनी प्रदेश मामिला तथा कानून समितिका सदस्य माननीय अम्बिका काफले लगाएतले आज बिकास निर्माण बारेमा जानकारी लिएका हुन । स्थानीय सरकारका तर्फबाट  नेपालगंज उप-महानगरपालिका वडा नं ८ का अध्यक्ष रजनीश बाजपेयी , वडा नं ८ का सदस्य अमन गुप्ता लगायतको उपस्थितिमा रानीतलाव को पर्यटकीय पूर्वधार निर्माणको अनुगमन गरिएको । नेपालगन्जको यो ईतिहासिक रानीतलाउमा हिन्दु धर्म मान्नेहरु ठुलो आशाको केन्द्र बिन्दु समेत रहेको हो । कुनै बेला यहाँ समाजिक र धार्मिक पुजा , पैत्रिक परम्परा अनुसार कार्य गरिने गरेका हुन । पार्क बने पछि यहाँ पर्यटन र बालबालिकाका लागि पार्क निर्माण भएको हो । यहाँ नजिकै रहेको रानी तलाउ स्कुल पनि रहेको छ ।

5 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x