१२ मंसिर २०८३, शुक्रबार

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको कदम विरुद्ध सर्वोच्च अदालतमा ११ वटा रिट निवेदन पेश

एसीपी संवाददाता

७ जेष्ठ २०७८, शुक्रबार ०८:३४ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध सर्वोच्च अदालतमा अहिलेसम्म ११ वटा रिट निवेदन पेश भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न संविधानको धारा ७६(५) अनुसार गरेको आह्वान संविधान विपरित भएको भन्दै कानुन व्यवसायीहरुले ११ वटा रिट निवेदन पेश गरेका हुन् ।

राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय र स्वयम् प्रधानमन्त्री ओली समेतलाई विपक्षी बनाएर दायर गरेको रिट दर्ता हुने प्रक्रियामा रहेको अधिवक्ता सन्तोष भण्डारीले जानकारी दिनुभयो ।

सर्वोच्च प्रशासनले भने अहिलेसम्म कुनै पनि रिट निवेदन दर्ता गरेको छैन् । ईमेजखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x