रास्ट्रपति , उपराष्ट्रपति सहित मन्त्रीहरु टिका ग्रहण गर्दै भाईटिका मनाउदै
२० गते कात्तिक २०७८ । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो भाइ डेगेन्द्र पाण्डेलाई भाइ टिका लगाइ दिनु भएको छ ।
भण्डारीले शितल निवासमा बिहान ११ बजेर ०२ मिनेटको शुभसाइतमा भाइ पाण्डेलाई भाइटीका लगाइदिनु भएको हो । बहिनी सु्शिला पाण्डे पनि उपस्थित हुनुहुन्थ्यो ।
उपराष्ट्रपति नन्दबहादुर पुनले भाइटीकाका अवसरमा नजिकका आफन्त बहिनीहरुसँग यसवर्षको भाइटीका ग्रहण गर्नुभएको छ ।
लैनचौरस्थित उपराष्टपति निवासमा आज बिहन ११ बजेर २ मिनेटको शुभसाइतमा उहाँले आफन्त बहिनीहरुबाट टीका ग्रहण गर्नुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिनुभयो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भाइटीकाका अवसरमा बहिनीहरुसँग यसवर्षको टीका ग्रहण गर्नुभएको छ ।
सञ्चारमन्त्री कार्कीले ललितपुरको भैँसेपाटीस्थित बहिनीको निवासमा आज बिहन ११ बजेर २ मिनेटको शुभसाइतमा आफ्ना बहिनी सुशीला बस्नेत र तारा थापाबाट टीका ग्रहण गर्नुभएको हो ।


