रुपा सुनारको अपराधको खुलासा
रुपा सुनारका यी ६ अपराध, सरस्वती प्रधानले लिइन् कडा एक्सन, ठाउँको ठाउँ काउन्टर

काठमाडौं । कथित दलित अभियन्ता रुपा सुनारविरुद्ध घरबेटी सरस्वती प्रधानले एक्सन लिएकी छन् । छोरीजस्तो ठानेर आत्मिय व्यवहार गर्दा जातको कुरा उठाएर आफूलाई जेल पठाएपछि पीडित घरबेटी प्रधानले डलर खेतीमा प्रयोग भएकी रुपाविरुद्ध उजुरी दिएकी हुन् । रुपा लगायत उनको समूहले आफूलाई नियोजित रुपमा फसाएको यथार्थ सरस्वतीले बाहिर ल्याएकी छन् ।
आफूले छुवाछुत तथा विभेदविरुद्धको लडाईमा रहेको भन्दै सरस्वतीले तर दलितका नाममा समाजमा आतंक मच्चाउनेलाई कारवाही गर्न माग गरेकी छन् । उनले षड्यन्त्रमुलक तरिकाले आफूलाई फसाइएको भन्दै रुपा सुनार लगायतलाई कारबाहीको माग गरेकी छिन् ।
बुधबार सरस्वती प्रधानले राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिँदै रुपा सुनारले आफूमाथि षडयन्त्र गरी प्रहरीमा थुनाएकाले हदैसम्मको कारबाहीको माग गरेकी हुन् । यसमा छानविन भएर आयोगले प्रहरीलाई रुपमामाथि कारवाही अगाडि बढाउन निर्देशन दिन सक्छ । उनी जेल जाने अवस्था पनि आउनेछ ।
सरस्वतीले रुपासँगै कोठा खोज्न सहयोगी बनेर आएका सुष्मा राई र सिर्जना राईलाई पनि कारबाहीको माग गरेकी छन् ।
आफूलाई कोठा नदिएको झोंकमा सुनारले प्रहरीमा उजुरी दिएर प्रधानलाई तीन दिन थुनाएकी थिइन् । घरबेटी सरस्वतीले रुपाले निषेधाज्ञाको समयमा पीसीआर रिपोर्ट बिना कोठा खोज्न हिडेर महामारी फैलाउन खोजेको, अपराधिक कार्यका लागि कोठा खोज्न आएको तथा आफ्नो मञ्जुरी बेगर फोन रेकर्ड गरी त्यसैलाई आधार मानेर प्रहरीमा उजुरी दिनु आफ्नो स्वतन्त्रता विपरीत भएकोले कडा कारवाहीको माग गरेकी छन् ।
‘नेपाल सरकारले जारी गरेको निषेधाज्ञाको आदेश उल्लंघन गरी र बिना पिसिआर रिपोर्ट खुलेआम आवत् जावत् गरी महामारी फैलाउने मानव विरोधी अपराध गरेको ।रुपा सुनारलाई कोठा आवश्यकता नै नरहेको भएपनि आपराधिक कार्य गर्नका लागि कोठा खोज्न आएको बाहानाबाजी बनाइ मेरो मञ्जुर बेगर मेरो फोन रकर्ड गरी सोही रेकर्ड, प्रमाण सिर्जना गरी मेरो विरुद्ध छुवाछुतको उजुरी दिई गैरकानुनी एवम् मेरो व्यक्तिगत जीवनको स्वतन्त्रता विपरित हुनेगरी पूर्वाग्रहपूर्वक थुनाएकाले कडा कारवाही गरिपाउँ,’ उनले आयोगसँग माग गरेकी छन् ।
सरस्वतीले रुपाले प्रेस कार्डको दुरुपयोग गरेको उल्लेख गरेकी छन् । घरधनी श्रीमान र सासु भएको भन्दै उनले आफूलाई घर भाडामा लगाउने अधिकार नभएको स्पष्ट पारेकी छन् । आफूलाई घरधनी भनि झुठा आरोप र जालसाजी गरी मानव अधिकार हनन् गरिएको सरस्वतीको गुनासो छ । यसरी आफ्नो माधव अधिकार हनन गर्ने र दलितका नाममा सामाजिक सद्भाव खल्बल्याउने रुपामाथि कडा कारवाही गर्न सरस्वतीले माग गरेकी छन् । यसअघि रुपा पनि जातीय विभेद भएको भनेर आयोग पुगेकी थिइन् । नियोजित रुपमा घरबेटीविरुद्ध लागेकी रुपालाई सरस्वतीले ठाउँको ठाउँ काउन्टर दिएकी हुन् ।
सरस्वती प्रधानको उजुरीमा के के छन् आरोप?
१. रुपा सुनारलाई कोठा खोज्न सहयोग गर्ने सुष्मा राई र सिर्जना राईलाई पनि कारबाही गर्नुपर्ने ;
२. नेपाल सरकारले जारी गरेको निषेधाज्ञाको आदेश उल्लंघन गरी र बिना पीसीआर रिपोर्ट खुलेआम आवत जावत गरी महामारी फैलाउने मानवविरोधी अपराध गरेको ।
३. रुपा सुनारलाई कोठा आवश्यकता नै नरहेको भएपनि आपराधिक कार्य गर्नका लागि कोठा खोज्न आएको बाहानाबाजी बनाइ मेरो मञ्जुरबेगर मेरो फोन रेकर्ड गरी सोही रेकर्ड, प्रमाण सिर्जना गरी मेरो विरुद्ध छुवाछुतको उजुरी दिई गैरकानुनी एवम् मेरो व्यक्तिगत जीवनको स्वतन्त्रता विपरित हुनेगरी पूर्वाग्रहीपूर्वक थुनाएको;
४. रूपा सुनारले पत्रकार प्रमाणपत्रको दुरुपयोग गरेको;
५. घरधनी मेरा श्रीमान मुकुन्द प्रधान र सासु भएको र आफूलाई घर भाडामा लगाउने अधिकार नभएता पनि आफूलाई घरधनी भनी झुठा आरोप र जालसाजी गरी मानव अधिकार हनन् गरेको;
६. मैले जातीय छुवाछुतको वादविवाद नै नगरेकोमा पनि निज रुपा सुनार आफैंले म कामीको छोरी हो भनी आफैंले आफ्नो जात देखाइ मलाई विवाद गरी मानव विरोधीको अपराध गरेको । नेपाल पाना ।


