१२ मंसिर २०८३, शुक्रबार

रुसका रास्ट्रपति पुतिन अमेरिका सङ सहकार्य गर्दा चीनलाई तनाव

एसीपी संवाददाता

२२ जेष्ठ २०७८, शनिबार ०३:३८ मा प्रकाशित

एजेन्सी । रुसले अमेरिकासँगको सम्बन्ध सुधार गर्न चाहेको जनाएको छ । अहिले चिनका विभिन्न मोबाइल कम्पनीहरु माथी प्रतिबन्धको घोषणा गरेको छ । अहिले चीनिया कम्पनीकोको मार्केटमा सिधा असर पर्ने भएकोले चीनलाई तनाव भएको छ । यसै बिच रुसले अमेरिकी सङ सम्बन्ध बिस्तार गर्दै जाने बताए पछी चीनलाई झन बढेको छ ।

रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले आगामी महिना अमेरिकी समकक्षी जो बाइडेनसँग हुने शिखर सम्मेलनमा दुई देशबीचको सम्बन्ध सुधारका लागि छलफल हुने बताउनु भएको हो ।

दुई देशबीचको सम्बन्ध तनावपूर्ण अवस्थामा रहेका बेला रसियाले आगामी दिनमा अमेरिकासँग मिलेर अघि बढ्न चाहेको बताउनुभयो ।

विपक्षी दलका नेता नवाल्नी क्रेमलिनप्रति पुटिन सरकारले गरेको व्यवहारप्रति अमेरिकाले कडा आलोचना गरेसँगै दुवै देशको सम्बन्ध थप चिसिएको थियो ।

यस्तै युक्रेनको द्वन्द्व र अमेरिकी राष्ट्रपतिय निर्वाचनमा डोनाल्ड ट्रम्पलाई सहयोग गरेको र ह्याकरहरुले साइबर आक्रमण गरेको लगायतका घटनामा रुसको संलग्नता रहेको अमेरिकाले आरोप लगाउँदै आएको छ ।

राष्ट्रपति पुटिनले कोरोना महामारीको बेलामा साभा मुद्दा लिएर अघि बढ्न तयार रहेको पनि बताउनुभएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x