१२ मंसिर २०८३, शुक्रबार

रेलमा मालवाहक बोगी संचालन गर्न जनकपुरधाम उद्योग वाणिज्य संघको मांग

एसीपी संवाददाता

२८ माघ २०८०, आईतवार २३:४४ मा प्रकाशित

जनकपुरधाम  । जनकपुरधाम उद्योग वाणिज्य संघले मालवाहक बोगी र रेल संचालनको व्यवस्था मिलाउन नेपाल रेलवेसँग माग गरेको छ ।
नेपाल रेलवे कम्पनीको जनकपुरधामस्थित कार्यालयका महाप्रबन्धक निरञ्जनलाई जनकपुरधाम उद्योग वाणिज्य संघले मागपत्र बुझाउंदै यस्तो माग गरेको हो ।
उनले नेपाल भारतबीच रेलवे संचालन सम्बन्धमा रहेको संयुक्त मानक संचालन प्रक्रियामा पैसेन्जर र मालवाहक दुवै खाले रेल संचालन हुने व्यवस्था रहेको अवगत गराउंदै पैसेन्जर रेल संचालनमा आइसकेको तर मालवाहक रेल अहिलेसम्म संचालनमा नआएकाले अविलम्ब संचालनको व्यवस्था मिलाउन माग गरेका हुन ।
भारतको विभिन्न प्रदेश सहित तेश्रो मुलुकबाट आउने मालसामानहरु भारतको हल्दिया तथा विशाखापतनम बन्दरगाहबाट मालसामान नेपाल भारत रेलवे सेवाबाट जनकपुरधामसम्म ल्याउने सम्पूर्ण सुविधाहरु संचालन भइसकेकाले यात्रुवाहक रेलमा पनि मालवाहक बोगीका साथै अतिरिक्त मालवाहक रेल संचालनको व्यवस्था अविलम्ब मिलाउन माग गरेको छ ।
मगपत्र बुझ्दै महाप्रबन्धक झाले अविलम्ब मालवाहक बोगी र रेल संचालनमा ल्याउने हाम्रो पनि प्रयास रहेको छ । त्यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मार्फत परराष्ट्र मन्त्रालयले भारतीय राजदूतावासमा पत्राचार गरी प्रक्रिया अगाडि बढाइसकेको बताए ।
संघले सो मागपत्रको बोद्यार्थ भौतिक पूर्वाधर तथा यातायात मन्त्रालय, मधेश प्रदेशका मुख्यमन्त्री कार्यालय र नेपाल उद्योग वाणिज्य महासंघलाई जनाइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x