८ कार्तिक २०८१, बिहीबार

लागूऔषध सहित बाँकेका दुई जना पक्राउ

एसीपी संवाददाता

२७ असार २०८१, बुधबार ०७:५५ मा प्रकाशित

बर्दिया । बर्दियाको बढैयातालबाट लागूऔषध सहित बाँकेका दुई जना पक्राउ परेका छन ।

बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

पक्राउ पर्नेहरूमा बाँकेको खजुरा गाउँपालिका-६ बस्ने २३ वर्षीय पदम बहादुर बुढामगर र २५ वर्षीय शंकर विक रहेका छन् ।

प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x