१२ मंसिर २०८३, शुक्रबार

नेपालगन्जमा लागू औषध बिरुद्ध प्रभातफेरी

एसीपी संवाददाता

१३ असार २०८१, बुधबार १५:४७ मा प्रकाशित

नेपालगन्ज –  लागू औषध बिरुद्ध नेपालगन्जमा प्रभात फ़ेरि निकालिएको छ ।  लागू औषध दुरुपयोग विरुद्ध लडौ रोकथाममा जोड दिऔ” भन्ने मुल नाराका साथ ३७ औं लागू औषध बिरुद्धको अन्तराष्ट्रिय दिवशका अवसरमा बृहत प्रभातफेरी कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल , जिल्ला प्रहरी कार्यालय बाँकेका नायब उपरीक्षक नारायण डागी  , वडा प्रहरी कार्यालय बाँकेका प्रमुख निरीक्षक हरि बहादुर बीसी , नेपाल प्रहरीका जवान, सशस्त्र प्रहरीका अधिकृत तथा जवान, लागू औषध बिरुद्ध काम गर्ने बिभिन्न निकाय तथा संघ सस्था, बिभिन्न स्कुलका बिधार्थी, समाजसेवी, मिडियाकर्मी लगायतको उपस्थिती रहेको थियो ।
उक्त प्रभातफेरी कार्यक्रम जिल्ला प्रशासन कार्यालय बाँकेको प्रङ्गणबाट सुरु भएको थियो भने धम्बोझी चोक स्थित सडक नाटक प्रदर्शन पश्चात कार्यक्रमको समापन गरीएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x