२ श्रावण २०८३, शनिबार

लागू औसधि सहित एक जना पक्राउ

एसीपी संवाददाता

५ भाद्र २०८१, बुधबार १२:४३ मा प्रकाशित

बाँके, कोहलपुर नगरपालिका-११ साझाचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ४० मिलिग्राम सहित नेपालगंज उपमहानगरपालिका-११ बस्ने ४५ वर्षीय सब्यद मोबिन अहमदलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले भे.२ प २०७० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x