१२ मंसिर २०८३, शुक्रबार

वडा अध्यक्ष बेहनाद्वारा तातोपानी गर्ने मेसिन सहयोग

एसीपी संवाददाता

१३ बैशाख २०७८, सोमबार ००:३८ मा प्रकाशित

बाँकेको भेरी अस्पतालमा कोरोना संक्रमित बिरामीले यतिबेला कोरोना वार्ड भरिएको छ।

कतिपय बिरामी भेन्टिलेटरको सहारामा उपचार गराइरहेका छन् त कतिपय बिरामी अक्सिजनको सहारा लिइरहेका छन् । बिरामीलाई तातो पानी सम्म बाहिरबाट ल्याउनुपर्ने कहाली लाग्दो अवस्था भइरहदा यतिबेला नेपालगन्ज ४ का अध्यक्ष मोहम्मद सफिक बेहनाले आज फेरि अर्को मानवीय कार्य गरेका छन् ।

अध्यक्ष बेहनाले कोरोना संक्रमित बिरामीहरुको दुखलाई आफ्नो दुख सम्झदै पुनः कोरोना वार्डमा तातो पानी पिउनका लागि आफ्नो व्यक्तिगत तर्फबाट आधुनिक मेसिन नै जडान गरिदिएका छन् ।

अध्यक्ष बेहनाले शनिबार साँझ नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरको उपस्थितिमा भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापालाई ३५ हजार पर्ने आधुनिक वाटर डिस्पेंसरी हस्तान्तरण गरेका हुन् । उक्त आधुुुनिक वाटर डिस्पेंसरीबाट कोरोना संक्रमित बिरामीले भने अनुसारको तातो पानी अब पिउन पाउने छन् ।

अध्यक्ष बेहनाले यस्तो बिषम परिस्थितिमा अस्पतालमा कोरोनाको पिडाबाट मृत्युसँग लडिरहेका दाजुभाई-दिदीबहिनीहरुलाई आफ्नो तर्फबाट सहयोग गर्न पाउँद धेरै खुशी भएको बताए। मरेर लानु के छ र ? मर्दा पर्दा सबैलाई सहयोग गर्नु नै ठुलो कुरा भएकोले आफ्नो तर्फबाट सहयोग गर्न अध्यक्ष बेहनाले अनुरोध गरेका छन् ।

अध्यक्ष बेहनाले मानव सेवा भनेको मानवीय संवेदनशीलताको नजिक पुगेर जीवनयापनमा सहयोग गर्नु हो । जनसेवा वा मतदाताको सेवा गर्नु निर्वाचित जुनसुकै तहको सरकारको प्राथमिक उद्देश्य हुन आउँछ । मानव सेवा छिनभरमा संभव हुने विषय होइन । मानवता प्रवर्द्धन गर्दै सहारा आवश्यक परेका व्यक्तिको सहारा बन्ने र सिकाई, गराई र विकास व्यवस्थापनमा समेत यसलाई जोडेर जानु जरुरी रहेको बताउनुभयो ।

कोरोनाबाट कसैको अकालमा मृत्यु नहोस् भनेर कामना गर्दै अध्यक्ष बेहनाले आगामी दिनमा अरु पनि सहयोग गर्ने प्रतिबद्धता गरे । उपमेयर उमा थापा मगर र मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले अध्यक्ष बेहनाको सहयोगप्रति धन्यवाद प्रकट गरेका थिए । अध्यक्ष बेहनाले गरेको सहयोगप्रति कोरोना संक्रमित बिरामीहरुले समेत धन्यवाद ब्यक्त गरेका छन् ।

अध्यक्ष बेहनाले शनिबार मात्रै भेरी अस्पतालमा कोरोना वार्डलाई २०० वटा अक्सिजन सिलिन्डरको लागि २ लाख रुपैयाँ सहयोग गरेका थिए ।

अध्यक्ष बेहना एक दयालु र सहयोगी मनका जनप्रतिनिधि हुन् । बेहना जस्तै अरु जनप्रतिनिधिमा यस्तो सोच आउनु जरुरी छ। बेलैमा सबै जनप्रतिनिधिले कोरोनाका लागि सहयोग गर्न जरुरी देखिन्छ।

अध्यक्ष बेहनाले भेरी अस्पतालमा उपचार गराइरहेका सबै संक्रमीतलाई सिघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x