वडा नम्बर ८ को कार्यालय समाज सेवामा समर्पित
श्याम कुमार साहू – नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ०८ का अध्यक्ष सुरेन्द्र वैश्य गुप्ता र वडा सदस्य विवेक बाजपेइ ले दमकल बाट सरसफाइ तथा त्रिभुवन चोकमा रहेको पुरानो राष्ट्रिय झन्डा स्थानमा नयाँ झन्डा लगाएका छ्न ।
उक्त कार्यक्रममा राष्ट्रिय प्रजातान्त्र पार्टी बाँकेका अध्यक्ष नरेन्द्र पौडेल लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो । यसैबिच राप्ती स्नान गर्ने जानेहरुलाई मेला अवसरमा निशुल्क बसको समेत ब्यवस्था गरिएको अध्यक्ष गुप्ताले जानकारी दिएका
आम आफ्नो वडाका जनता सहयोग होस भनी हामी यो बस सेवा निशुल्क सहयोग गरेको हो । धार्मिक आस्थालाई समेत जागरुकता होस भनेर हाम्रो प्रयस सधै गर्दै जाने सदस्य वाजपेयी बताए ।
अहिले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ निकै सक्रिय भुमिका खेल्दै आएको छ । सबै जातजातिको हक अधिकार धर्मको मान्यतालाई ध्यानमा राखी काम गर्दै आएको छ ।
भोलि गङा स्नानका दिन सबैलाई निशुल्क बस दिने प्रतिबद्धता अनुसार यश बर्ष पनि सबैलाई निशुल्क बस सेवा दिने भएको हो ।


