१२ मंसिर २०८३, शुक्रबार

वर्तमान सभापति देउवा नै सभापति चयन हुने सम्भावना प्रबल

एसीपी संवाददाता

८ असार २०७८, मंगलवार ०२:०१ मा प्रकाशित

काठमााडौं। आगामी भदौमा हुने नेपाली कांग्रेसको १४औं महाधिवेशनमा वर्तमान सभापति शेरबहादुर देउवा नै सभापति चयन हुने सम्भावना प्रबल हुँदै गएको छ ।

सभापतिका लागि आकांक्षी विमलेन्द्र निधिले देउवासँग सहमति गर्ने संकेत नदेखिदा देउवा अन्यसमुह सहित पार्टी नेतृत्वका लागि अग्रसर भएका हुन् ।

यतिबेला निधिलाई फकाउन छोडेर महामन्त्री शशांक कोइराला र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको साथमा देउवाले जाने तयारी गरेका छन् ।

देउवाले शनिबार निधिलाई बोलाएर सहयोग मागेका थिए । तर उपसभापति निधिले आफू पनि सभापतिमा उठ्ने भन्दै देउवालाई उम्मेदवारी नदिन भनेका थिए ।

तर, देउवा आफै सभापतिमा उठेर कांग्रेसको नेतृत्व गर्ने भएका छन् । यसका लागि सभापति देउवाले बुढानीलकण्ठमा सोमबार आफू निकट नेताहरूलाई बोलाएर छलफल समेत गरेका छन् ।

योसँगै कांग्रेसको नेतृत्वका लागि देउवा अग्रसर भएका छन् भने, महाधिवेसनबाट सभापति चयन हुने सम समेत बढाउँदै लगेका छन् । नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x