१२ मंसिर २०८३, शुक्रबार

वाईसीएलको सैयो कार्यकर्ता एमाले प्रवेश गर्दा प्रचण्ड तनावमा

एसीपी संवाददाता

२० श्रावण २०७८, बुधबार ०३:०० मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट वाईसीएलका सयौ नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् । केन्द्रमा सत्ता गठबन्धनमा प्रधानमन्त्री शेरबहादुर देउवा र माधव नेपालसँग मतभेद बढिरहेका बेला अध्यक्ष प्रचण्डलाई युवाहरुले छाडेका हुन् । उनीहरुले केपी ओलीलाई रोजेका छन् । यसको नेतृत्व भने युवा नेता राजीव पहारीले गरेका छन् । उनले प्रचण्डलाई युवा पावर देखाएका छन् ।

पहारीकै नेतृत्वमा गण्डकी प्रदेशको राजधानी पोखरामा आइतबार सयौं युवाहरु एमालेमा आइपुगेका छन् । एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालमा उनीहरु आबद्ध भएका हुन् ।

संघको गण्डकी प्रदेश कमिटिको आयोजना गरेको विशेष कार्यक्रममा पोखरा महानगरका वडा न १२ १५ ३२ का १५५ जना युवाहरु नेपाली कांग्रेसको तरुण दल र माओवादीको वाईसीएल नेपाल लगायत विभिन्न पार्टी परित्याग गरि युवा संघमा प्रवेश गरेका हुन् ।

IMG-20210802-WA0002.jpg

नवप्रवेशी युवाहरुको समुहलाई युवा संघका पूर्व केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेशका सांसद राजिव पहारीले अविर र खादा लगाएर स्वागत गरेका थिए । स्वागत गर्दै सांसद पहारीले युवाहरु राष्ट्रका पहरेदारसंगै विकासका अभिन्न सारथी भएको भन्दै युवाहरुलाई विभिन्न उत्पादनमुलक काममा लगाउन आफुहरु र युवा संघ सधै लागि परेको बताए ।

जब जब देशको स्वाधिनता र स्वाभिमानमा धावा बोल्ने काम शुरु हुन्छा तब युवा संघ सो को विरुद्धमा मैदानमा उत्रिएको भन्दै मातृभूमिको सार्वभौमताको रक्षाको लागि सम्पूर्ण युवाहरु युवा संघमा समाहित हुन आग्रह गरे । पहारीले जनताको सच्चा प्रतिनिधि र विकासको हिमायती नेकपा एमाले प्रमाणित भैसकेको भन्दै पार्टीको कामसंगै उत्पादनको क्षेत्रमा निरन्तर लाग्न युवाहरुलाई आग्रह गरे । नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x