१२ मंसिर २०८३, शुक्रबार

विविधताभित्र एकता र सामाजिक सद्भाव नै सांस्कृतिक अभ्यासका उदाहरण- प्रधानमन्त्री

एसीपी संवाददाता

२४ कार्तिक २०७८, बुधबार ०३:०९ मा प्रकाशित

२४ गते कात्तिक २०७८ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विविधताभित्र एकता र सामाजिक सद्भाव नै सांस्कृतिक अभ्यासका उदाहरण भएको बताएका छन्। छठ पर्व, २०७८ को शुभकामना दिँदै उनले सद्भाव र एकतालाई प्रवर्द्धन गर्ने मध्येको छठ पर्व पनि एक भएको बताएका हुन्।

देउवाले यस पर्वले पारस्परिक सद्भाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन्। उनले छठ पर्वले समस्त नेपालीबीच आपसी सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन्।

विगतमा विशेष गरी तराई क्षेत्रमा मनाइने छठ पर्व हाल नेपालको एक विशिष्ट पहिचानसहितको साझा पर्वको रुपमा नेपालभर विस्तार भएको छ ।  प्रधानमन्त्री देउवाले हाम्रा संस्कृति र संस्कारमा आ–आफ्ना विशिष्ट पहिचानका विशेषता रहेको उल्लेख गरेका छन् । उनले कोभिड–१९ को जोखिम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्डको पालना गर्दै यो पर्व हर्षोल्लासपूर्वक मनाउन आग्रह गरेका छन्। अन्नपूर्णपोस्ट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x