१२ मंसिर २०८३, शुक्रबार

व्यवसायिक र उच्च मनोवलकासाथ कृयाशिल रहन सशस्त्र प्रहरी बललाई निर्देशन

एसीपी संवाददाता

२९ जेष्ठ २०७८, शनिबार १२:५३ मा प्रकाशित

गृहमन्त्री खगराज अधिकारीले कार्यक्षेत्रमा पूर्ण व्यवसायिक र उच्च मनोवलकासाथ कृयाशिल रहन सशस्त्र प्रहरी बललाई निर्देशन दिनुभएको छ ।

शनिबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण गर्दै गृहमन्त्री अधिकारीले समायानुकुल राशन व्यवस्थापन, बृत्तिविकास, बढुवा तथा थप जनशक्तिको लागि मन्त्रालयले सम्भव भएसम्म पहल गर्ने समेत बताउनुभयो । उहाले देश र जनताको सेवामा २४ घण्टा नै तैनाथ अवस्थामा रहनुपर्ने बताउनुभयो । गृहमन्त्री अधिकारीले नेपालको सीमा सुरक्षामा कटिबद्ध भई सुरक्षाकर्मीले मातृभूमिको सुरक्षार्थ जिम्मेवारी निर्वाहमा प्रदर्शन गरेको क्षमताको प्रशंसा गर्नुभयो ।  कोभिड–१९ महामारी व्यवस्थापनमा एपीएफ अस्पतालबाट दिईएको सेवा तथा सुविधा उत्कृष्ठ रहेको भन्दै उहाँले भुकम्प जस्ता महामारीमा साधनश्रोतको अभावकाबीच संगठनले गरेको कार्यको सम्मान गर्नुभयो ।

गृहमन्त्री अधिकारीले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयस्थित अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार चढाउनुभएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले भ्रष्टाचार तथा लैंगिक हिंसामा शून्य सहनशिलताको नीति कडाईकासाथ पालना गर्दै संगठन अगाडी बढिरहेको बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x