१२ मंसिर २०८३, शुक्रबार

शिविरमा ८० जना अपाङ्गता भएका व्यक्तिलाई आवश्यक सहयोग

एसीपी संवाददाता

१४ आश्विन २०७८, बिहीबार १५:३१ मा प्रकाशित

अमृत भट्टराई ,पर्वत |पर्वत जिल्लाको दक्षिणी भेगमा पर्ने बिहादी गाउँपालिकामा INF नेपाल हरियो खर्क अस्पताल पोखरा, अपाङ्ग उत्थान समाज पर्वत र विहादी गाउँपालिकाको सहयोग र समन्वयमा विहादी गाउँ पालिकाका ६ वटै वडाहरुलाई लक्षित गरी २०७८/०६/१२ गते बिहादी गाउँपालिका वडा नम्वर ४
वहाकी वाट विहादी गाउपालिकाको
शालिग्राम, उराम र वहाकीका ४५ जना अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यकता अनुसारका सहायक सामग्री वितरण र १३ गते बिहादी गाउँपालिका वडा नम्वर २ बर्राचौरवाट विहादी गाउँपालिकाको बाच्छा, वराचौर र रानीपानीका ३५ जना अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यकता अनुसारका सहायक सामग्री वितरण सँगै अपाङ्गता भएका व्यक्तिहरूको जाँचबुझ तथा उपचार शिविर सम्पन्न भयो । दुई दिनसम्म संचालन भएको
शिविरमा ८० जना अपाङ्गता भएका व्यक्तिले सेवा पाए । सो शिविरमा आवश्यकता अनुसार उपचार, फिजियोथेरापी व्हील चियर, बैसाखी, सपोर्ट स्टिक हात र खुट्टाका सपोर्ट सामग्री वितरण गरिएको बिहादी गाँउपालिका स्वास्थ्य शाखा प्रमुख हरि भुसाले जानकारी दिनुभयो |
उक्त शिविरमा बिहादी गाउँपालिका का अध्यक्ष कमल प्रसाद भुसाल, उपाध्यक्ष डम्मर कुमारी गुरुङ , बिहादी गाँउपालिका वडा नम्वर २ बर्राचौरका वडा अध्यक्ष ओम प्रसाद कुँवर लागायतले कार्यक्रम सफलताको शुभकामना मन्त्ब्य दिनुभएको बर्राचौर स्वास्थ्य चौकी प्रमुख भुपेन्द्र नाथ पौडेलले जानकारी दिनुभयो |

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x