१२ मंसिर २०८३, शुक्रबार

श्रीलंकामा ईन्धनको संकट टार्न नयाँ नियम

एसीपी संवाददाता

१० श्रावण २०७९, मंगलवार ०९:०३ मा प्रकाशित

एजेन्सी –  श्रीलङ्काका ऊर्जामन्त्री कञ्चना विजेसेकेराले सोमबार देशका ग्यास स्टेशनहरूले अगस्ट १ देखि राष्ट्रिय इन्धन पास वा क्युआर कोड प्रणाली मात्र स्वीकार गर्ने बताएका छन्।

विजेसेकेराले सबै ग्यास स्टेसन सञ्चालकहरुले तत्काल र  निकट भविष्यमा क्युआर कोड प्रणाली अपनाउनुपर्ने र त्यो प्रणाली पालना गर्ने ग्यास स्टेशनहरूलाई मात्र इन्धन वितरणमा प्राथमिकता दिइने बताएका हुन्। यो पनि समाचार पढ्नु होला –   चीनको ’ऋण जाल’ मा फसेका छिमेकी

मन्त्रीले ६० प्रतिशत ग्यास स्टेशनहरूले पहिले नै सो प्रणाली लागू गर्न सक्षम रहेको बताएका छन्। जनतालाई राष्ट्रिय इन्धन पासमा दर्ता गर्ने काममा सहयोग गर्न समेत आग्रह गरेका छन्।

श्रीलंकामा विभिन्न स्थानमा ठेक्का हात पारेका चिनियाँ कम्पनीका कारण र चिनियाँ सरकार ले ऋणको नाममा उपलब्ध गराएको रकमले श्रीलंकाको अर्थतन्त्र नै धरासायी भएको छ । अहिले श्रीलंकाका रास्ट्रपति देश छोडेर भागेका छन । नयाँ रास्ट्रपति चयन प्रधानमन्त्री चयन भएको हो । 

राष्ट्रिय इन्धन पास मङ्गलबारदेखि विभिन्न ग्यास स्टेशनमा लागू गरिने विजेसेकेराले बताएका छन्।  यो पनि समाचार पढ्नु होला – श्रीलंकालाई बेईजिङले किन दियो धोका भयो भण्डाफोर नेपाल सावधान हुन जरुरी

श्रीलङ्काले केही समयदेखि पर्याप्त मात्रामा इन्धन आयात गर्न नसकेका कारण सवारी चालकका लागि साप्ताहिक इन्धन कोटा सुनिश्चित गर्न इन्धन पास ल्याइएको अधिकारीहरूले बताएका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x