१२ मंसिर २०८३, शुक्रबार

सञ्चारमन्त्री कार्कीको निर्वाचन क्षेत्रमा देउवा समूहको ‘क्लिन स्वीप “

एसीपी संवाददाता

९ मंसिर २०७८, बिहीबार ०९:०७ मा प्रकाशित

९ गते मङ्सिर २०७८ । सञ्चारमन्त्री कार्कीको निर्वाचन क्षेत्रमा देउवा समूहको ‘क्लिन स्वीप’, – नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सरकारका प्रवक्तासमेत रहेका पार्टीका नेता ज्ञानेन्द्र बहादुर कार्कीको निर्वाचन क्षेत्रमा संस्थापन अर्थात सभापित शेरबहादुर देउवा समूहले क्लिन स्वीप गरेको छ ।

कार्कीको निर्वाचन क्षेत्र सुनसरी ४ मा सबै महाधिवेशन प्रतिनिधिहरु सभापति शेरबहादुर देउवा समूहबाट निर्वाचित भएका हुन् ।

प्रतिनिधिसभा क्षेत्र अधिवेशनमा देउवा समूहले क्लीन स्वीप गरेको हो । त्यहाँबाट २६ जना महाधिवेशन प्रतिनिधि छानिएकोमा २६ जना नै देउवा समूहका हुन् । उक्त क्षेत्रमा पहिले सहमतिका आधारमा प्रतिनिधि छनोट गर्ने विषयमा छलफल भए पनि सहमति नजुटेपछि निर्वाचनमार्फत् प्रतिस्पर्धा भएको थियो ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशनबाट केन्द्रीय कार्यसमिति छान्ने महाधिवेशन प्रतिनिधि चुनिन्छन् । अहिले एक जिल्ला एक निर्वाचन क्षेत्र रहेका जिल्लाहरू र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन भैरहेको छ ।

देशभर महाधिवेशन प्रतिनिधिमा सभापति देउवा समूहको अग्रता छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x