१२ मंसिर २०८३, शुक्रबार

सत्ताको स्वाद लिने उपेन्द्र यादवलाई मधेशवाट लखेटनुपर्ने -राउत

एसीपी संवाददाता

२५ जेष्ठ २०७८, मंगलवार १६:३६ मा प्रकाशित

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत उपेन्द्र यादव मधेशको गद्दार रहेको आराेप लगाएका छन। उनले सच्चा र इमान्दार नेता निर्वाचनवाट किन डराउनु पर्ने बताए । सधै सत्ताको स्वाद लिने उपेन्द्र यादव जस्ता गद्दारहरुलाई मधेशवाट लखेटनुपर्ने उनले कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए । जनमत पार्टीले अगामी निर्वाचनको तयारी थालेको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारले कार्तिक २६ र मंसीर ३ का लागि घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनको तयारी थाल्न जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् । जेठ २२ गते विहान ९ बजे बसेको पार्टीको केन्द्रिय कार्यकारिणी समितिको बैठकले निर्वाचनको तयारीमा लाग्ने निर्णय गरेको अध्यक्ष डा। राउतले बताएका छन् ।

उनले विज्ञप्ती जारी गरेर भनेका छन्, ‘पार्टीको विजय नै हाम्रो विजय हो भन्ने आत्मसात गरी प्रतिनिधिसभा निर्वाचनको तयारी थालौं ।’ यस्तै केन्द्रिय कार्यकारिणी समितिले नै ६ महिनापको लागि सबै जिल्लामा पदाधिकारी तोक्ने निर्णय पनि गरिएको छ । प्रतिनिधिसभा निर्वाचनको मिति तय भइसकेको र सोका लागि आवश्यक तयारीमा सम्पूर्ण नेता कार्यकर्तालाइ एकताबद्ध भएर जुट्नुपर्ने आवस्था आएकाले जिल्ला समन्वय समितिको पदाधिकारी चयनलाई पछिको मितिका लागि तत्काल सार्न समेत उपयुक्त नदेखिएको हुँदा केन्द्रीय कार्यकारिणी समितिले नै सबै जिल्लामा पदाधिकारी तोक्ने निर्णय गरिएको विज्ञप्तीमा उल्लेख छ ।

यस्तै जिल्ला समन्वय समितिको पदाधिकारी निर्वाचन कोभिड–१९ को महामारीले गर्दा जारी रहेको निषेधाज्ञाको कारणले भौतिक रुपले नै जेष्ठ ३० गते गर्न नसकिने, जिल्ला स्तरमा पूर्ण बैठक बोलाएर सर्वसम्मति खोज्ने अवस्था समेत नरहेको तथा ई–भोटिङ मार्फत गर्न समेत तल स्तरसम्म उपयुक्त तयारी नपुगेको ठहर बैठकले गरेको छ । नयाँमुलुल न्युज बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x