१२ मंसिर २०८३, शुक्रबार

सत्ता गठबन्धन भत्कियो , एमाले सरकारमा जादै

एसीपी संवाददाता

२१ फाल्गुन २०८०, सोमबार १०:०६ मा प्रकाशित

काठमाडौं– सत्ता गठबन्धन भत्किएको छ । 

आज बिहान अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको आकस्मिक सचिवालय बैठकमा एमाले माओवादीसँग सहकार्य गरेर सरकारमा जाने सहमत भएको हाे । 

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काङ्ग्रेससँगको सत्ता गठबन्धन टुटाए सहकार्यका लागि एमाले तयार रहेको नेताहरूले बताएका थिए।

 नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार आजै सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद् बन्दैछ । 

सानो आकारको मन्त्रीमण्डलले आज सपथ लिने उपाध्यक्ष पाण्डेले बताए। खबरहब 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x