१२ मंसिर २०८३, शुक्रबार

सभापति शेरबहादुर देउवाले कांग्रेसको इतिहासमा पहिलोपटक गरे छुट्टै निर्णय

एसीपी संवाददाता

२९ कार्तिक २०७८, सोमबार ०२:२२ मा प्रकाशित

२९ गते कात्तिक २०७८ ।   नेपाली कांग्रेसले पहिलोपटक विधान अधिवेशन गर्ने भएको छ ।

सभापति शेरबहादुर देउवाले कांग्रेसको इतिहासमा पहिलोपटक छुट्टै विधान अधिवेशन गराउने प्रस्ताव गरेका हुन् । यसअघि महाधिवेशनमै नीति कार्यक्रममा छलफल हुन्थ्यो । जुन प्रभावकारी हुन सकेको थिएन । अब अलग्गै विधान अधिवेशन हुँदा थप प्रभावकारी हुनेछ ।

सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको पार्टी पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकमा सभापति देउवाका तर्फबाट महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको आगामी नीति र कार्यक्रम तय गर्न अलग्गै अधिवेशन गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकले उक्त प्रस्ताव सर्वसम्मत स्वीकृत गरेको हो । बैठकले १४ औं महाधिवेशनलाई विशुद्ध नेतृत्व चयनको रुपमा लिएर जाने तय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

‘नीतिको अधिवेशन र नेतृत्वको अधिवेशन फरक गर्ने भन्ने भएको छ । पार्टी पदाधिकारी र पूर्वपदाधिकारी तहमा सर्वसम्मत भएको छ । केन्द्रीय कार्यसमितिले अनुमोदन गर्नेछ,’ प्रवक्ता शर्माले भने ।

१४ औं महाधिवेशनलाई नेतृत्व चयनको रुपमा लिएर जाने र महाधिवेशनले अधिकार प्रत्यायोजन गरेर नयाँ आउने कार्यसमितिले नीति तथा कार्यक्रम अधिवेशन निश्चित समयमा तोक्ने शर्माको भनाइ छ ।

‘केन्द्रीय कार्यसमितिले महाधिवेशनमार्फत तय गरेबमोजिम नीति र कार्यक्रम तय गरेर जाने हामीले तय गरेका छौं,’ उनले भने ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x