सम्माननीय राष्ट्रपति समछ भाषा आयोगको आठौँ वार्षिक प्रतिवेदन प्रस्तुत
काठमाडौं – सम्माननीय राष्ट्रपति समछ भाषा आयोगको आठौँ वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको छ । यस अवसरमा नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय बद्रीप्रसाद पाण्डे तथा भाषा आयोगका सदस्यहरू मा. उषा हमाल, मा. डॉ. अमरराज गिरी, मा. कृष्णप्रसाद न्यौपाने, मा. मातृकाप्रसाद पोखरेल, मा. गोपाल प्रसाद सर्राफ (गोपाल अश्क), मा. डॉ. पुष्करराज भट्ट तथा मा. सुरेश मानन्धरको गरिमामय उपस्थिति रहेको थियो ।
यस समारोहमा राष्ट्रपति कार्यालयका सचिव नारायण शर्मा दवाडी तथा भाषा आयोगका का. मु. सचिव डॉ. लोकबहादुर लोप्चनसहित राष्ट्रपति कार्यालय तथा भाषा आयोगका कर्मचारी एवं पत्रकारहरूको उपस्थिति थियो।
यस समारोहमा सम्माननीय राष्ट्रपति समक्ष भाषा आयोगका अध्यक्षद्वारा प्रतिवेदनको सारांश प्रस्तुति पछि आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८०/०८१ समर्पण गरियो। तस्बिर समाजिक संजाल ( गोपाल ठाकुर )




