१२ मंसिर २०८३, शुक्रबार

सर्वोच्चबाट आएको फैसलामा सेटिङ भएको खुलासा

एसीपी संवाददाता

९ असार २०७८, बुधबार ०४:२९ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २० मन्त्री थपेर गरेको मन्त्रिमण्डल पुनर्गठनलाई सर्वोच्च अदालतले अन्तरिम आदेशबाट बदर गरेको छ ।

तर यो फैसलामा नयाँ ट्विस्ट आएको छ । विपक्षी गठबन्धनका नेता पुष्पकमल दाहाल प्रचण्डले हिजै २० मन्त्री हट्न लागेको सूचना दिएका थिए । र त्यसको भोलिपल्ट सर्वोच्चबाट त्यस्तै आदेश भएपछि सेटिङ भएको अनुमान गरिएको छ ।

नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतको आदेशबारे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हिजै भविष्यवाणी गरेको भन्दै उनले सेटिङको प्रश्न उठाएका छन् ।

हिजो धादिङमा कार्यकर्ताबीच प्रचण्डले सर्वोच्चले २१ जना मन्त्रीहरू पदमुक्त गराइदिने सूचना आफूले पाएको भनेर बोलेको समाचार केही मिडियामा आएका थिए । बस्नेतले प्रचण्डको उक्त भविष्यवाणी कसरी मिल्न गयो ? भन्दै प्रश्न उठाएका छन् ।

उनले लेखेका छन्, ‘यो फैसलापछाडि आमर”पमा के प्रश्न उठेको छ भने, अदालतका फैसलाहरु कि सेटिङमा हुने गर्दछन् कि न्यायालयहरूले सम्भाव्य फैसलाको पूर्वानुमान खास ठाउँमा दिने गर्छन् । कि प्रचण्डको भविष्यवाणी काग कराउनु कुखुरा हराउनु भएको हो । जे भए पनि न्यायालयको बारेमा जे भैरहेको छ ठीक भैरहेको छैन ।’

राजनीति बिग्रँदा अराजकता फैलने भन्दै उनले न्यायालय बिग्रदा जनतामा निराशा प्रकट हुने बताएका छन् । ‘जे होस अन्तरिम आदेशको अन्तर्य हेर्दा प्रधानमन्त्रीले संसद बिघटन गरेर निर्वाचनको घोषणा गरेकोलाई भने स्वीकार गरेको देखियो,’ उनले लेखेका छन् । नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x