१२ मंसिर २०८३, शुक्रबार

सवारी दुर्घटना पछि सिसिटिभि क्यामरा बारे बहस शुरु

एसीपी संवाददाता

११ भाद्र २०७८, शुक्रबार १६:०२ मा प्रकाशित

श्याम कुमार साहू, नेपालगन्ज – यही भाद्र ७ गते को दिन नेपालगन्ज सदर लाइन नजिकै मोटरसाइकलको ठक्कर बाट अढाई वर्षीया बालिका अनाबिया राई को निधन भएको खबरले नेपालगन्ज उपमहनगरपालिका अत्यन्त दुःखी भएको जनाएको छ।

नेपालगन्ज उपमहनगरपालिका प्रमुख डा. धवल शमशेर राणा र उपहानगरपालिकालाई जोडेर भइरहेको गतिविधि प्रति यस उपमहानगरपालिका गम्भीर ध्यनाकर्षण भएको छ। विज्ञप्तिमा भनिएको छ कि मोटरसाईकलका चालकको खोजी गर्ने क्रममा नजिकै राएको सिसिटिवी क्यामेरा बिग्रिएको विषयमा जोडेर उपमहानगरपालिका लाई बद्नाम गर्ने र भ्रम छर्ने प्रयास गरिएको छ।

नगर प्रबक्ता प्रमोद रिजालले शुक्रबार बिज्ञाप्ति जारी गरी घटनालाई गम्भिरतापूर्वक लिँदै दुर्घटनाका जिम्मेवार मोटरसाइकल चालकलाई पहिचान गरी पक्राउका लागि जिल्ला प्रहरी कार्यालयको ध्यानकर्षण गराएको उल्लेख गर्नुभएको छ।

नेपालगन्जको शान्ति सुरक्षा लाई मध्यनजर गर्दे नेपालगन्ज उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय लगायत संघ संस्थाहरुको अनुरोधको आधारमा उपमहानगरपालिकाले सिसिटिवी जडानका लागि मात्रै सहयोग गरेको हो, भएपनि यसका सञ्चालन जिल्ला प्रहरी कार्यालय हो भने सञ्चालन र ब्यवस्थापनका लागि छुट्टै समिति क्रियाशिल रहेको जनाइएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x