१२ मंसिर २०८३, शुक्रबार

सहयोगी मनहरुको हात जुटदै चार स्वास्थ्यकर्मीलाई

एसीपी संवाददाता

७ असार २०७८, सोमबार १०:२१ मा प्रकाशित

नेपालगन्ज बाँके
लकडाउनले दैनिक कामकाज गरेर पेट पाल्ने परिवार काम नहुँदा भोकै बस्न नपरोस् भन्ने उदेश्यका साथ विपन्न परिवार,शारीरिक अशक्त वृद्ध वृदावलाई राहत वितरण गर्दै आएकी चार स्वास्थ्यकर्मी लाई कामको मध्य नजर सहयोग रकम जुट्न लागेको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ विशालचोक निवासी मिना शाहिले लाल माया शाहीको नेतृत्वमा विपन्न परिवारलाइ खाद्यान्न सहयोग अभियानमा स्वास्थ्यकर्मी अनिता थापा ,झरना बुढाथोकी चित्रा खड्काको टिमलाइ पाँच हजार सहयोग गर्नु भएको हो ।

मिना शाही लामो समय देखि क्यान्सर पीडित हुनुहुन्छ तर पनि स्वास्थ्यकर्मिले गरेको यो सामाजिककार्य एकदमै सहानुभूति उर्जा दिने भएकाले दुखी गरिव ,अपांग बिरामिको लाई एक सहज होस,एक सरो कपडा फर्न सकोस भन्ने हेतुले आफ्नो वृद्धभत्ता रकम जम्मा गरि सो रकम स्वास्थ्यकर्मिको टिमलाइ दिनु भएको थियो ।

यो भन्दा पहिला जानकी गाँउपालिका वडा नम्बर ३ इन्द्रपुरमा रहेका सीमान्तकृत लोपोन्मुख जाती कुशवन्धियालाई ४० परिवार लाई चामल २५ केजि , दाल २ केजि, २ केजि तेल, नुन र साबुन वितरण चार स्वास्थ्यकर्मिको संयोजकत्वमा वितरण गरिएको थियो ।

निरन्तर लामो समय सम्म नेपालगन्ज मेडिकल कलेज नर्सिङहोममा कार्यरत चार स्वास्थ्यकर्मी बिभिन्न सामाजीक काम गर्दै आएको छ्न ।

कोरोना महामारीले विश्व नै प्रभावीत भईरहेको बेला कोही परिवारमा खानाकै समस्या नहोस् भनेर अति बिपन्न परिवार लाई सहयोग गरेको चार स्वास्थ्यकर्मिको भनाइ रहेको थियो ।

लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका विभिन्न स्थानमा राहत सामाग्री वितरण गर्ने निरन्तर लामो अभियान अगाडि बढाउने जानकारी दिनु भएको छ । स्वम आफै त्यहाँ पुगेर के कस्ता समस्या छ्न बुझेर राहत बितरण गर्ने स्वास्थ्यकर्मीले जनाउनु भएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x