साडेपानीमा सहिद स्मृति क्रीकेटको आयोजना हुँदै

बर्दिया, पुस १६
कैलालीको घोडाघोडी नगरपालिका २ साडेपानीमा सहिद स्मृति प्रथम क्रिकेट कप हुने भएको छ । घोडाघोडी क्रिकेट एकेडेमी र महेन्द्र स्मृति युथ क्लब साडेपानीको संयुक्त आयोजनामा क्रिकेट प्रतियोगिता हुन लागेको हो।

घोडाघोडी नगरपालिका २ थुम्कीमा रहेको मालिका प्राथमिक विद्यालयको प्राङ्गणमा पुष २८ गते देखि क्रिकेट प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितामा टिम दर्ता गर्ने अन्तिम मिती पुष २५ गते बेलुका ४ बजे सम्म रहेको प्रतियोगिता संयोजक रमेश आचार्यले जानकारी दिए । प्रतियोगितामा विजेताले नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उप-विजेताले १० हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटनमा धनगढी एकेडेमी र घोडाघोडी क्रीकेट एकेडेमी बिच मैत्रीपुर्ण खेल हुने आयोजकले जनाएको छ । प्रतियोगिता नक आउट सिस्टम बाट खेलाइने भनेर कैलाली न्युजले जनाएको छ ।