३१ जेष्ठ २०८१, बिहीबार

सामन्ती मानसिकताकाे घाेर भत्सर्ना गर्छु- लक्ष्मी

एसीपी संवाददाता

१७ जेष्ठ २०८१, बिहीबार ११:२६ मा प्रकाशित

लक्ष्मी तिमिल्सिना , नेपालगन्ज –  नेपाल पत्रकार महासंघका जिल्ला तथा केन्द्रमा चुनावकाे माहाेल छ । सदस्यता विवाद कायमै रहेपनि ढिलाेचाँडाे समाधान हाेला । बाँके जिल्लामै पनि धेरै जना जना विभिन्न पदमा उम्मेदवारकाे आकाँक्षी हुनुहुन्छ । विभिन्न आस्थागत संगठनहरुले त्यसका लागि गृहकार्य पनि गरिरहनुभएकाे हाेला ।
तर, पत्रकारहरुकाे अविभावक संस्थामा बसेर हाम्लाई नि काम गर्न मन छ “समर्थक बनिदिनुस न” भनेर पत्रकार महिला ले अग्रज दाजुभाइलाई भन्दा खिसिट्युरिकाे विषय बनाईन्छ । मजाक बनाइन्छ । उम्मेदवारी घाेषणा गर्नु अघि कसलाई कहाँ ब्यवस्थापन गर्ने भन्ने कुरा जुनसुकै संगठन भित्र छलफल काे बिषय हाेला । तर, “हामी पनि आकाँक्षी छाै है ” भन्दा गिज्याईनुले पुरुषले नेतृत्व गरेको कुनै पनि संघसंस्था वा संगठनमा महिलाको धरातल प्रष्ट हुन्छ ।
-म तिम्रो सामन्ती मानसिकताकाे घाेर भत्सर्ना गर्छु।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x