१२ मंसिर २०८३, शुक्रबार

सार्वजनिक यातायात संचालन माङ गर्दै ज्ञापन पत्र

एसीपी संवाददाता

७ असार २०७८, सोमबार ०९:१२ मा प्रकाशित

सार्वजनिक यातायात सञ्चालन गर्न माग गर्दै यातायात व्यवसायीहरुले सरकारसमक्ष ज्ञापन पत्र बुझाएका छन् ।

सोमबार सुन्दर यातायात प्रालिका अध्यक्ष भेष बहादुर थापाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठलाई ज्ञापन पत्र बुझाउदै सार्वजनिक यातायात सञ्चालन गर्न सहजीकरण गर्न माग गर्नुभएको हो ।

लामो समयसम्मको निषेधाज्ञाले यातायात व्यवसायी तथा श्रमिकहरु प्रत्यक्ष मारमा रहेकाले निश्चित स्वास्थ्य मापदण्ड पालना गरी तत्काल सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण हुनुपर्ने उहाले बताउनुभयो ।

लामो समयसम्म सार्वजनिक यातायात सञ्चालन नभए यसले देशको अर्थतन्त्रमा समेत संकट पर्ने उहाको भनाई छ । उहाले उच्च सतर्कता अपनाई सार्वजनिक यातायात सञ्चालन गर्ने कुरामा कुनै दुविधा नराख्न पनि आग्रह गर्नुभयो ।

ज्ञापन पत्र बुझ्दै सचिव श्रेष्ठले अव कोरोना संक्रमण घट्दै गएपछि सार्वजनिक यातायात पनि खुल्ने विश्वास गर्नुभयो । उहाले यातायात व्यवसायीको मागका बारेमा सिसिएमसी लगाएत सम्बन्धी निकायमा कुरा राख्ने प्रतिवद्धता जनाउनुभयो ।

यसअघि उपत्यकाका प्रशासन कार्यालयले मंगलबारबाट उपत्यकामा जोरबिजोर प्रणालीका आधारमा निजी सवारीसाधान सञ्चालन गर्ने निर्णय गरेपछि व्यवसायीहरुले पनि सार्वजनिक यातायात खोल्नुपर्ने माग गरेका हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x