१२ मंसिर २०८३, शुक्रबार
सुन तस्करी प्रकरणमा महरा जमानतमा रिहा
काठमाडौं । सिआइबीको नियन्त्रणमा रहेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरा हाजिर जमानीमा रिहा भएका छन् ।
चैत ५ गते सुन तस्करी प्रकरणको अनुसन्धानका लागि महरालाई कपिलवस्तुको मायादेवी गाउँपालिकाबाट प्रहरीले नियन्त्रणमा लिएर सिआइबी कार्यालय ल्याएको थियो । स्वास्थ्य समस्या रहेका कारण उनलाई अस्पतालमा राखेर अनुसन्धान गरिँदै थियो ।
उनलाई सिआइबीले हाजिर जमानीमा रिहा गर्नका लागि जिल्ला सरकारी वकिल कार्यालयसँग सहमति मागेको थियो । स्वास्थ्य अवस्थालाई ध्यान दिँदै आज उनलाई हाजिर जमानीमा रिहा गर्न आदेश दिइएको हो ।
गत सालको पुस १० गते पक्राउ परेका चिनियाँ नागरिक लि हासोङ्गले भेपमा तस्करी गरेर ल्याइएको सुनमा महराको पनि संलग्नता रहेको आशंका उनीमाथि अनुसन्धान भइरहेको छ ।
Subscribe
Login
0 Comments


