३ श्रावण २०८३, आईतवार
सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १९ जनाको मृत्यु
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १९ जनाको मृत्यु भएको छ। क्यानका प्रवक्ता हंशराज पाण्डेले जहाज दुर्घटनामा १९ जनाको शव भेटिएको अन्नपूर्णलाई जानकारी दिए। उनले जहाज दुर्घटनामा घाइते पाइलट मनिष शाक्यको उद्दार गर उपचारका लागि अस्पताल पठाइएको बताए।
दुर्घटनामा परेकाहरू यात्रु वा कर्मचारी को हुन् एकिन भएको छैन। पाइलटलाई उद्दार गरेर उपचारका लागि अस्पताल पठाइएको छ।’
सूचना अधिकारी ज्ञानेन्द्र भूलले मर्मतका लागि पोखरा उडेको जहाज दुर्घटनामा परेको पुष्टि गरे। उनले अन्नपूर्णसँग भने,’ जहाजमा १९ जना सवार थिए। ‘
बुधबार बिहान काठमाडौंबाट पोखरा उड्ने क्रममा जहाज दुर्घटनामा परेको थियो।
श्रोत – अन्नपूर्णपोस्ट बाट
Subscribe
Login
0 Comments


