स्वास्थ्यकर्मीको सुरक्षामा खटियो प्रहरी ; २५ जना टोलि अस्पतालमा बस्ने
श्याम कुमार साहु – शनिबार देखि भेरी अस्पताल नेपालगन्जमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी नायव निरिक्षक (सई ) तोजेन्द्र बिसीको कमाण्डमा २ जना प्रहरी सहायक निरिक्षक (असई) सहित २५ जनाको टोलि स्वास्थ्यकर्मीहरुको सुरक्षामा खटिएको छ । जिल्ला प्रहरी कार्यालयबाट सुरक्षामा रहेको टिम भेरी अस्पतालमै बस्ने गरी खटाईएको हो । भेरी अस्पतालमा कोरोना सन्क्रमितको मृत्यु पछि उत्पन्न समस्यालाई मध्यनजर गर्दै जिप्रका बाकेले आफ्नो सक्रियता देखाउदै स्वास्थ्यकर्मीलाई सुरक्षा दिने भएको छ । भेरी अस्पतालमा आन्दोलन गदै आएका स्वास्थ्यकर्मीलाई राहत हुने स्वास्थ्यकर्मी बिज्ञहरुले जनाएका छ्न ।
जिल्ला प्रहरी कार्यालय बाकेका प्रमुख सहितको टिम निकै सक्रियताका साथ काम गर्दै आएको हो । नेपालगन्जमा कोरोना सन्क्र्मितहरुको उपचारमा स्वास्थ्यकर्मीहरु निकै सक्रियताका साथ सहयोग गर्दै आएका हुन । अहिलेको अवस्था मा स्वास्थ्यकर्मीको सुरक्षा गर्ने काममा सुरक्षाकर्मी , प्रहरीको सक्रियताले उपचारमा रहेका सन्क्र्मित परिवार समेतलाई राहत भएको छ ।


