१ भाद्र २०८३, सोमबार

स्व.मधुर सिहंको सम्झनामा नेपालगन्जका चार युवाले गरे भेरी अस्पताललाई खाद्यान्न सहयोग

एसीपी संवाददाता

३ जेष्ठ २०७८, सोमबार १३:०४ मा प्रकाशित

अहिले नेपालगन्ज बाँके लगाएत विभिन्न जिल्लामा कोरोना भाइरसले भयावह बन्दै गएको छ र सरकारले प्रत्येक जिल्लामा निषाधाज्ञा जारी गरे संगै विरामिलाइ औषधि उपचार गरेर खाना खान नि अप्ठ्यारो परेको वेला भेरी अस्पतालको सौलियत क्यान्टिन खोलेको छ ।

कोरोना विरामी तथा अन्य विरामिहरु विरामी कुरुवाहरुलाइ खाना खान सजिलो र सस्तोमा खाना पाएपछि अहिले विरामी कुरुवा खुसी भएको देखिन्छ्न ।

सहयोगीमनहरुले विभिन्न माध्याम बाट सहयोग रकम र खाद्यान्न सामाग्री दिदै आएका छ्न र आज चार जना नेपालगन्जका युवा स्व.मधुर सिहंको स्मृति दिवसको अवसर पारेर गौरव चन्द ,निराज विक्रम शाह,विवेक के सि ,निरन्जनराज भण्डारीले खाद्यान्न सामाग्री सहयोग गरेका छ्न ।

४० बोरा चामल,सय पेटि पानी,दुई कुइन्टल अलहर दाल,सय लिटर तेल भेरी अस्पतालमा संचालनमा रहेको अंजनी माता रसोइ नेपालगन्ज उपमहानगरपालिका एवम् श्री सुन्दरकाण्ड मित्र मण्डल द्वारा संचालित भान्साको प्रशासनलाई बुझाएका हुन ।

सो खाद्यान्न वितरण कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका मेयर धवल समशेर राणा ,उप मेयर उमा थापा ,भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल ,भेरी अस्पताल प्रमुख प्रकाश थापा, राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन नगरकार्य समिती अध्यक्ष रवि बर्मा,युवा संगठन नगरकार्य समिती सह-कोषाध्यक्ष अमन गुप्ताको उपस्थिति रहेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x