१२ मंसिर २०८३, शुक्रबार

हिज्बुल मुजाहिदीन संलग्न एक लडाकु पक्राउ

एसीपी संवाददाता

२९ श्रावण २०७८, शुक्रबार ०३:०९ मा प्रकाशित

जम्मु काश्मीर । जम्मु काश्मीरमा प्रहरीले इस्लामिक लडाकु समुह हिज्बुल मुजाहिदीन संलग्न एक लडाकु पक्राउ गरेको छ ।

जम्मु काश्मीरस्थित फैसल क्षेत्रबाट हिज्बुल मुजाहिदीन लडाकु समुहको पोशाक लगाएको एक लडाकु प्रहरीले पक्राउ गरेको हो ।

उक्त क्षेत्रमा आतंकवादी लडाकुको उपस्थिति रहेको सुचनाका आधारमा प्रहरीले कारबाही गर्ने क्रममा लडाकु पक्राउ परेको हो । हिज्बुल मुजाहिदीन समुहका जाकिर भट नामका आतंकवादी लडाकु पक्राउ परेको प्रहरीले विज्ञप्तीमार्फत जनाएको छ ।

अनुसन्धानपछि लडाकु जाकिर भट कुलगम जिल्ला निवासी रहेको तर विगत आठ बर्षयता सोपियानमा बस्दै आएको खुलेको प्रहरीले बताएको छ ।

प्रहरीले लडाकु बाट शसस्त्र हतियार तथा गोला बारुद बरामद गरेको छ । लडाकुमाथि छानबीन र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

भारतबाट काश्मीरलाई पृथक गरी पाकिस्तानमा गाभ्ने लक्ष्यका साथ हिज्बुल मुजाहिदीन इस्लामिक लडाकु समुह जम्मु काश्मीरमा सक्रिय रहेको छ । – बिजनेस स्टाण्डर्ड

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x