१२ मंसिर २०८३, शुक्रबार

हिन्दुराष्ट्रसहित राजसंस्था पुनस्थापनाको माग गर्दै मोर्चा तयार

एसीपी संवाददाता

२० भाद्र २०७८, आईतवार १३:०४ मा प्रकाशित

भदौ २० गते आइतबार । एसीपी न्युज सवाददाता – हिन्दुराष्ट्रसहित राजसंस्था पुनस्थापनाको माग गर्दै बिभिन्न राजावादी संस्थाहरुले मोर्चा बनाएका छन् ।

हिन्दुराष्ट्रसहित राजसंस्था पुनस्थापनाका लागि एकीकृत भएर आन्दोलन गर्ने भन्दै उनीहरुले आइतबार काठमाडौंमा संयुक्त जनआन्दोलन मोर्चा बनाएको घोषणा गरेका हुन् । राष्ट्रवादी शक्तिहरुको संयुक्त मोर्चा बनाएर राष्ट्रवादी अभियान सञ्चालन गर्ने उनीहरुले बताएका छन् । अहिले राष्ट्रिय हित शान्ति सम्मुन्नती राष्ट्रिय एकता अखण्डताका आधारहरु क्रमश कमजोर बन्दै गएकाले मोर्चा बनाउनुपरेको कार्यक्रममा सहभागीहरुले बताएका थिए । त्यस्तै उनीहरुले एमसीसी नेपालको सुशासन बिपरितको रहेको आरोप लगाएका छन् । उनीहरुले बिभिनन २२ बुदे प्रतिवद्धता पत्र पनि सार्वजनिक गरेका छन् । जसमाा धर्मपरिवर्तनलाई कठोरताका साथ निषेध गर्ने , नैतिक शिक्षा गुरुकुल संस्कृति बिश्वबिद्यालय स्थापना गर्ने, स्वदेशमा नै रोजगारीका अवसरहरु सिर्जना गर्ने लगाएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x