हिन्दु रास्ट्रको लागि जनमतसंग्रह राजनीतिको विषय नभएर जनताको विषय हो – भारतिय नेता उपाध्यय
नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका नेता डा. दिनेश उपाध्यायले हिन्दूराष्ट्रका बिषयमा नेपालमा जनमतसंग्रह गरिनुपर्ने बताउनुभएको छ ।
बुधबार रिपोटर्स क्लबले गरेको साक्षात्कारमा उहाले जनमतसंग्रह राजनीतिको विषय नभएर जनताको विषय भएको टिप्पणी गनुृभयो । राजनीतिमा धर्म हुनुपर्ने तर धर्ममाथि राजनीति गर्न नहुने उहाकोभ नाई छ । उपाध्यायले नेपाल र भारतबीच ऐतिहासिक र बहुआयामिक सम्बन्ध रहेकोले आगामी दिनमा पनि दुई देशबीच सुमधुर सम्बन्ध हुने दाबी गर्नुभयो । उहाले नेपालका राजनीतिक मामिलामा भारतले कहिल्यैपनि हस्तक्षेप नगरेको र नगर्ने स्पष्ट पार्नुभयो । उहाले नेपालमा नाकाबन्दी नलगाएको पनि दाबीपनि गर्नुभयो ।
उपाध्यायले नेपाल र भारतबीच खुल्ला सिमाना रहेकोले अलि–अलि समस्या हुनु स्वभाविक भएको धारणा राख्नुभयो । नेपालमा केही दिन साझा पार्टीले एउटा प्रतिवेदनमा हिन्दु राष्ट्रको मुद्दा उठाएको थियो । अहिले चारै तिर नेपाललाई पुनः हिन्दु राष्ट्र हुनु पर्छ भनाइ आई रहेको छ ।


