१२ मंसिर २०८३, शुक्रबार

२ किलो ७०० ग्राम लागु औषध चरेश सहित २ जना पक्राउ

एसीपी संवाददाता

१८ फाल्गुन २०८०, शुक्रबार ०९:३९ मा प्रकाशित

२ किलो ७०० ग्राम लागु औषध चरेश सहित २ जना पक्राउपरेका छ्न । जिल्ला बाँके कोहलपुर नगरपालिका वडा न.१२ चप्परगौडी स्थित सडकमा बस्ने बर्ष २५ को प्रकाश सिह र बस्ने बर्ष १९ को मिलन बि.क.ले लागु औषध चरेश बिक्रि बितरण गरी रहेका छन  ।  बिशेष सुचनाका आधारमा उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय नेपालगंज बाँके, लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगंज बाँके र ईलाका प्रहरी कार्यालय कोहलपुर समेतको संयुक्त प्रहरी टोली खटी जाँदा निज प्रतिवादीहरुलाई शंकास्पद रुपमा हिडिरहेको अवस्थामा फेला परेका हुन । निजहरुलाई नियन्त्रणमा लिई निजहरुको शरीर रित पुर्बक खानतलासी गर्दा निजहरु मध्ये प्रतिवादी प्रकाश सिहले हातमा बोकी राखेको रातो रङको प्लाष्टिकको झोला भित्र लुकाई छिपाई राखेको लागु औषध चरेश जस्तो देखिने पदार्थ तत्काल नाप तौल गर्दा २ किलो ७०० ग्राम र निजको साथबाट REDMI कम्पनिको स्क्रिम टच मोबाईल थान १ समेत फेला पारी स्थानिय मानिसहरुको रोहबरमा दशिको सामान बरामद गरी निजहरु प्रकाश सिह र मिलन बि.क. लाई पक्राउ गरी सम्मानित बाँके जिल्ला अदालतबाट दिन ५ (पाँच) को हिरासतमा राख्ने अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बाकेले जनाएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x