अग्निवीर भर्ना नेपाल अन्योलमा , भारतले त्यो कोटा अरुलाई दिने तयारीमा
काठमाडौं । परराष्ट्र मन्त्रालयले अग्निपथ योजनाबारे चुनावपछि बन्ने सरकारले निर्णय गर्ने बताएको छ ।
भारतको सैन्य भर्ती योजना अग्निपथबारे बिहीबार नियमित प्रेस ब्रिफिङमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले तत्काल निर्णय हुने सम्भावना नभएको बताउदै आगामी निर्वाचनपछि बन्ने सरकारले निर्णय गर्ने बताएकी हुन् ।
यसैबिच भारतका सेना प्रमुख मनोज पाण्डेले ‘अग्निपथ’ योजनाअनुसार नेपालीहरू भारतीय सेनामा भर्ती नभए यसपालि उनीहरूलाई छुट्ट्याएको कोटा अरूलाई दिने बताएका छन्।
बुधबार युनाइटेड सर्भिस इन्स्टिच्युसन अफ इन्डियाको कार्यक्रममा सोधिएको प्रश्नको जवाफमा पाण्डेले नेपालीका लागि छुट्ट्याइएको कोटा अरूलाई बाँडिने बताएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ। अग्निपथ : राजनीतिकरण गर्ने कि वार्षिक ८२ अर्बको रेमिटेन्स गुमाउने ?
‘मलाई मंसिर ४ को आमनिर्वाचन अघि नेपालले कुनै निर्णय गर्छजस्तो लाग्दैन,’ केही दिनअघि काठमाडौंमा नेपाली सेनाको मानार्थ महारथीको पदवी लिएका पाण्डेले भने,‘त्यसपछि पनि उनीहरूले निर्णय गरेनन् भने त्यो कोटा अरूलाई दिइन्छ। भारतको अग्निपथ योजनामा नेपाली युवालाई पनि सहभागी गराउन खोजेकोप्रति नेपालले कुनै निर्णय गरेको छैन ।


