१२ मंसिर २०८३, शुक्रबार

स्वास्थ्यकर्मीहरुको आन्दोलन नाटक भनेपछी अध्यक्ष धिताल विरुद्ध स्वास्थ्यकर्मीहरु थप आक्रोशित

एसीपी संवाददाता

२१ जेष्ठ २०७८, शुक्रबार ००:२७ मा प्रकाशित

भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले स्वास्थ्यकर्मीहरुको आन्दोलनलाई सामाजिक संजालमा नाटक भनेपछी भेरी अस्पतालमा आन्दोलनरत् स्वास्थ्यकर्मीहरु आक्रोशित भएका छ्न ।
भेरी अस्पतालमा कार्यरत् स्वास्थ्यकर्मीले डाक्टर र नर्सहरूमाथि आक्रमण गर्ने दोषीलाई कारबाहीको माग गर्दै गएको १६ गतेदेखी साझ ५ देखि ६ बजेसम्म प्रदर्शन जारी राखेका बेला अध्यक्ष धितालले त्यसलाई ‘नाटक’ को संज्ञा दिँदै अस्पतालमा राजनीति नगर्न चेतावनी दिएका थिए । अध्यक्ष धितालले आन्दोलन नगर भन्दा पनि नमानेपछि आफूले स्ट्याटस लेखेको प्रतिक्रिया दिएका थिए । आन्दोलनमा रहेका स्वास्थ्यकर्मीले बिहिबार प्रेस बिज्ञप्तीमार्फत अस्पताल विकास समितिका अध्यक्षजस्तो अभिभावकीय भूमिकामा रहेको मानिसले त्यस्तो कुरा गर्नु जायज नभएको भन्दै निन्दा गरेका छ्न ।
नेपाल चिकित्सक संघ भेरीका अध्यक्ष डा बिनोद कर्णको संयोजकत्वमा गठित संघर्ष समितिले बिज्ञप्ती जारी गरि अभिभावकिय ब्यक्तिबाट आएको अभिव्यक्तिको निन्दा गरेको हो । अस्पतालका डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीले ड्युटीको क्रममा न्यायका लागि शान्तिपूर्ण रुपमा स्वेच्छिक रुपमा प्रदर्शन गर्दै आएको र त्यो दोषीमाथी कारबाहीको लागि दबाब भएको आन्दोलनरत स्वास्थ्यकर्मीहरुको भनाइ छ । स्वास्थ्यकर्मी माथी भएको आक्रमणमा संलग्न दोषीहरुलाई कडा कार्वाही गर्न समेत उनीहरुको माग रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x