१२ मंसिर २०८३, शुक्रबार

अन्ततः खोप न आउनुमा केपि ओलि टोलिको कमिशन समस्या : दोस भारतलाई दिदै राजनीति शुरु

एसीपी संवाददाता

२३ बैशाख २०७८, बिहीबार ०६:४४ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रसका नेता डा. शेखर कोइरालाले कमिसन नमिलेकै कारण कोरोना भ्याक्सिन रोकेको भन्ने खबरले लज्जित बनाएको बताउनुभएको छ ।

कोइरालाले प्रधानमन्त्री केपी ओली निकट व्यावसायीहरु बिजय दुगड र रितु वैद्यले कमिसनकै कारण भ्याक्सिन रोकेको भन्ने खबरले लज्जित बनाएको बताउनु भएको हो ।

बिहीबर सामाजिक सञ्जालमा लेख्दै कोइरालाले प्रश्न गर्नु भएको छ, ‘महामारीको कहालिलाग्दो समयमा जनतामाथि यति ठुलो धोका ?’

प्रधानमन्त्रीकै छत्रछायाँमा रहेका व्यावसायीहरुले जनस्वास्थ्य माथि गरेको यति ठुलो अपराध र बेइमानी कदापि क्षम्य हुन नसक्ने कोइरालाले ठोकुवा गर्नुभयो ।

पहिलो चरणको महामारीका समयमा ठुलो आर्थिक चलखेल गरी प्रधानमन्त्री निकट ओम्नी समुहलाई स्वास्थ्य सामग्री खरिदको जिम्मा दिइएको थियो। ईमेजखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x