१२ मंसिर २०८३, शुक्रबार

अफगानिस्तानमा आतंक फ़ैलिने खतराका कारण अमेरिका सेना फिर्ता हुदै ?

एसीपी संवाददाता

२२ भाद्र २०७८, मंगलवार ०३:४७ मा प्रकाशित

भदौ २२ गते मंगलबार । अमेरिकी सिनेटर लिन्डसे ग्राहमले अमेरिकी सैनिक भविष्यमा अफगानिस्तान फिर्ता हुने भविष्यवाणी गरेका छन् । अहिले अमेरिकी सेना फिर्ता हुँदा थुप्रै देशहरु अमेरिकी सेनाको परास्त भएको टिप्पणी गरि रहेको बेलामा अमेरिका यस्तो निर्णय आएको हो ।
हार्डटक कार्यक्रमसँग कुराकानीमा उनले भने, ‘हामी जानुपर्नेछ किनभने आतंकको खतरा निकै ठूलो हुनेछ ।’ अहिले लोकतान्त्रिक देशहरुको लागी आतंकवाद निकै खतरा रहेको उल्लेख गरेका छन ।

उनले अफगानिस्तानमा तालिवानको सत्तासिन हुने बित्तिकै अल–कायदा पुनः सल्बलाउने शुरु भएको र उसको गतिविधिका कारण आशान्ती आउने बताउदै भनेर आशंका व्यक्त गरे ।

अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पका निकट मानिने सांसद ग्राहमले नयाँ तालिबान शासनमा अफगानिस्तान कट्टरवादी इस्लामको एउटा ठूलो आश्रय स्थल हुने बताएका छन् । पाकिस्तान र चिनले समेत तालिवानलाई सहयोग गर्दै आएका छ्न । पाकिस्तानका युवा लडाकुहरु समेत तालिवान सङ अफगानिस्तान युद्ध गरेका थिए ।

उनले भने, ‘यहाँ ट्रम्पको गल्ती वा बाइडेनको गल्ती भनेर कुरा गर्नु बेकार छ । यहाँ महत्वपूर्ण कुरा के छ भने तालिबान अहिले पनि फेरिएको छैन, उनीहरु त्यस्तै छन् र उनीहरुको आधुनिक समयसँग कुनै मेलजोल छैन ।’

‘हामी पुनः अफगानिस्तानमा जानुपर्नेछ जस्तो कि हामी इराक र सिरियामा गएका थियौं ।’ अहिले अमेरिकाले यो आतंककारीहरुलाई ठेगान लाउने नयाँ नितिका साथ फर्किने वताएका हुन ।

अघिल्लो हप्ता अमेरिकी सुरक्षाबलले आफ्नो २० वर्ष चलेको अभियान अन्त्य गर्दै अफगानिस्तानबाट निस्किएका थिए । एजेन्सीहरु को सहयोगमा

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x