१२ मंसिर २०८३, शुक्रबार

अफगानिस्तानमा सरकारको मीडिया प्रमुखको हत्या

एसीपी संवाददाता

२३ श्रावण २०७८, शनिबार ०१:३० मा प्रकाशित

एजेन्सी, । अफगानिस्तानमा सरकारको मीडिया प्रमुखको हत्या गरिएको छ । अफगान सरकारको सूचना तथा मीडिया केन्द्रका प्रमुख दवा खान मिनापालको हत्या गरिएको हो ।

बीबीसीका अनुसार तालिबान लडाकूहरुले शुक्रबार मिनापालको हत्या गरेका हुन् ।

अफगानिस्तानका गृह मन्त्रालयका प्रवक्ता मीरवाइज स्तेनकजईका अनुसार अज्ञात बन्दूकधारीले शुक्रबार दिउँसो नमाज पढिरहेका समयमा मनिपालको हत्या गरेको बीबीसीले उल्ल्ेख गरेको छ ।

मिनपाल यसअघि अफगान राष्ट्रपति अशरफ घानी र उपराष्ट्रपतिको प्रवक्ताका रुपमा काम गरिसकेका थिए । हत्याको जिम्मेवारी तालिबानले लिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x