१२ मंसिर २०८३, शुक्रबार

अब प्रचण्ड पार्टी केन्द्रमा पनि बिद्रोह

एसीपी संवाददाता

९ भाद्र २०७८, बुधबार ०५:३९ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाएको छ ।

सरकारमा उपप्रधानमन्त्रीसहित पार्टीको नेतृत्व गर्दै सहभागी हुन खोजेका नारायणकाजीलाई अध्यक्ष प्रचण्डले पार्टी प्रवक्ताबाटै हटाइदिएका हुन् ।

नारायणकाजीले मन्त्री बनाउन प्रचण्डलाई चर्को दबाब दिँदै आएका छन् । नभए ठिक नहुने भनेर विद्रोह गर्ने चेतावनी दिइसकेका छन् ।

प्रचण्ड आफैंले पनि मन्त्री बनाउन दबाब आएको र आफू तनावमा रहेको बताएका थिए । अर्कोतिर नारायणकाजीलाई मन्त्री नबनाउन उनको गृहजिल्ला गोरखाकै पूर्व लडाकुहरुले दबाब दिएका छन् ।

नारायणकाजीलाई मन्त्री बनाए विद्रोह गरेर पार्टी त्याग्ने उनीहरुको चेतावनी रहेको छ । यस्तोमा प्रचण्डले नारायणकाजीलाई भएको पदबाट पनि हटाएर ठेगान लगाएका छन् । मन्त्री मागेका बेला भएको पदबाट हटेका नारायणकाजीले माओवादीमा विद्रोह गर्ने गाइँगुइ पनि चलेको छ ।

नारायणकाजीले प्रचण्डसँग असन्तुष्ट रहेका सांसद समेटेर २० प्रतिशत पुर्याएर दल विभाजन गर्नेबारे पनि छलफल थालेको बुझिएको छ । यद्यपि यो मन्त्री बनाउन प्रचण्डलाई दबाब दिने फण्डा हो कि साँच्चिकै पार्टी फुटाउँछन् त्यो विस्तारै एकिन हुने नै छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x