अमानवीय हिंसात्मक, घटनालाई छिटो भन्दा छिटो रोकी पीडित परिवारहरूलाई उचित ब्यवस्थापन गर्न माङ
राष्ट्रिय सनातनी संघ केन्द्रीय कार्यालय, नेपालगंज, बाँके द्वारा बंगलादेशमा अहिले राजनीतिक गतिरोधले संकटक उत्पन्न भएको छ, भिषम परिस्थितिको कारणले विभिन्न हिंसात्मक घटनाहरू भई रहेको छ, विशेष गरी सनातनी धर्मावलम्बी माथि हिंसा भई रहेको छ, विभिन्न स्रोतहरूबाट जानकारी प्राप्त भएको छ । सनातनी हिन्दू, बौद्ध परिवारका व्यक्ति र मठ मन्दिर तथा बौद्ध गुम्बा जस्ता धार्मिक स्थान माथि हिंसा, आक्रमण भई रहेको छ यस घटनाको जानकारी भए लगत्तै यस “राष्ट्रिय सनातनी संघ ” संगठन लगायत विश्वका समस्त सनातनी हिन्दू बौद्धलाई दुःखी तुल्याएको छ । बंगलादेशमा समस्त सनातन धर्मावलम्बीहरूको घर, बस्ती, मठ-मन्दिर लगायत माथि भएको क्रुर अमानवीय आक्रमण, तोडफोड, लुट्पाट, हत्या-हिंसा प्रति राष्ट्रिय सनातनी संघको घोर आपत्ति जनाउँदै यस प्रकारको अमानवीय कार्यको घोर भत्र्सना गर्दछ ।
अमानवीय हिंसात्मक, घटनालाई छिटो भन्दा छिटो रोकी पीडित परिवारहरूलाई उचित क्षतिपूर्ति एवं सम्बन्धित सबैको सुरक्षाको ग्यारेण्टीको व्यवस्था गर्न नेपाल सरकारले बंगलादेशका राजदुतावास र अन्तर्राष्ट्रिय मानवअधिकार आयोग लगायत सम्बन्धित निकाय मार्फत बंगलादेशका सुरक्षा निकाय लगायत सम्बन्धित निकायलाई हार्दिक अनुरोध गरिन्छ । साथै त्यहाँ रहेका नेपाली नागरिकलाई सुरक्षित रहन तथा नेपाल फर्कन चाहनेहरूलाई नेपाल फर्काउन उचित व्यवस्था सहित पहल गर्न नेपाल सरकार संग माग गर्दछौं । अन्तिममा बंगलादेशमा उत्पन्न राजनीतिक संकट सहजरूपमा निवारण भइ आफ्नो यथा स्थानमा शान्ति, तथा सदभावको साथ सुचारु होस् भन्ने कामना गर्दछौं ।
राष्ट्रिय सनातनी संघ केन्द्रीय अध्यक्ष श्री श्रीनिवासाचार्य महाराजले जानकारी दिनुभयो ।



