३ श्रावण २०८३, आईतवार

अर्थसहित ४ मन्त्रालय लिएर कांग्रेस मधेश सरकारमा सहभागी हुँदै

एसीपी संवाददाता

३ श्रावण २०८१, बिहीबार १५:५० मा प्रकाशित

मुख्यमन्त्री सतिश सिंहले अर्थसहित चार मन्त्रालय दिने भएपछि कांग्रेस बिहीबार सरकारमा सहभागी हुन लागेको हो । यसअघि मुख्यमन्त्रीले अर्थ मन्त्रालय आफैंसँग राख्ने भनेपछि कांग्रेस सरकारमा सहभागी हुन आनाकानी गरेको थियो ।

मन्त्रीका लागि रौतहटका सुनिल यादव, पर्साका जनार्दन क्षेत्री, धनुषाका शेषनारायण यादव र सर्लाहीका कौशल किशोर रायको नाम मुख्यमन्त्रीलाई पठाएको कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले जानकारी दिए ।

मुख्यमन्त्री सिंहले बिहीबार नै लोसपालाई सरकारमा सहभागी गराउने तयारी गरेका छन् । लोसपाका नेताहरुसित यस विषयमा कुराकानी भइरहेको मुख्यमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।

केन्द्रमा बनेको कांग्रेस–एमाले गठबन्धनमा मधेशमा जनमत नेतृत्वकै सरकारलाई निरन्तरता दिने सहमति भएको थियो ।

२२ असारमा कांग्रेस र लोसपाले मुख्यमन्त्री सिंहलाई विश्वासको मत समेत दिएका थिए । त्यहीदिन मुख्यमन्त्री सिंहले नेकपा माओवादी केन्द्रसहित चार दलका ६ मन्त्रीलाई बर्खास्त गरेका थिए । अनलाइनखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x